काठमाडौँ उपत्यकामा १३३ सहित देशभर थपिए २७० जना कोरोना संक्रमित
काठमाडौँ, ११ माघ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा १ सय ३३ सहित देशभर थप २ सय ७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ४ सय ३ जना निको भएर घर फर्किएका छन् । त्यसैगरी काठामाडौँ उपत्यकामा थप १३३ जना थपिएका छन् ।
देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ४१३ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ सय ७० जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ । नेपालमा हालसम्म कुल २० लाख ४३ हजार २५५ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको छ ।
हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ३१२ रहेको छ । क्वारेनटिनमा १४५ जना रहेका छन् ।त्यसैगरी देशभरका कोरोना अस्पतालका आइसीयूमा १३९ र भेन्टीलेटरमा २३ जना उपचाररत छन् ।
पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार १ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]