देशभर थपिए २६६ जना कोरोना संक्रमित, ४०० जना निको भए
काठमाडौँ, ४ माघ । पछिल्लो चौविस घण्टामा देशभर थप २ सय ६६ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ४ सय जना निको भएर घर फर्किएका छन् ।
त्यसैगरी काठमाडौँ उपत्यकामा १७७ जना संक्रमित थपिएका छन् । जसमा ६१ महिला ११६ जना पुरुष छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ५०८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ सय ६६ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो । नेपालमा हालसम्म कुल २० लाख १२ हजार ४५२ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ ।
हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ९१९ रहेको छ । क्वारेनटिनमा २२१ जना रहेका छन् ।
पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९५९ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]