काठमाडौँ उपत्यकामा थप ५३० जनामा कोरोना संक्रमण

काठमाडौँ, १६ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५३० जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४०९, ललितपुरमा ८५ र भक्तपुरमा ३६ जना गरी ५३० जनामा कोरोना संक्रमण देखिएको छ ।
आज देशभर १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधीमा २ हजार ७३ जना डिस्चार्ज भएका छन्। थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ३७० र भेन्टीलेटरमा ६३ जना संक्रमित उपचाररत छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



