पछिल्लो २४ घण्टामा देशभर १३०४ जना कोरोना संक्रमित थपिए, २०७३ जना निको भए

140
Shares


काठमाडौँ, १६ मंसिर । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ३ सय ४ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ८ हजार ५ सय ८३जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ३ सय ४ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३३ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप २ हाजर ७३ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप २१ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ५ सय २९ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (mailto:nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *