पोखरामा थप ४ जना कोरोना संक्रमितको मृत्यु

208
Shares


काठमाडौँ, १५ मंसिर । पोखराका दुई अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जना र चरक मेमोरिय अस्पताल पोखरामा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका–३ का ६५ वर्षीय पुरूषको उपचारको क्रमममा आइतबार दिउँसो ४ः३३ बजे मृत्यु भएको उनले बताए । उनमा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखरा महानगरपालिका–१८ का ५१ वर्षीय पुरूषको प्रतिष्ठानमै आइतबार राति ९ः४५ बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी पोखराकै स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्याङ्जाको वालिङ नगरपालिका–१४ का ६७ वर्षीय पुरूषको उपचारको क्रममा सोमबार बिहान २ः१० बजे मृत्यु भएको डा। शर्माले बताए । उनको मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरास्थित चरक मेमोरियल अस्पतालमा पोखरा महानगरपालिका–१६ की ५७ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान ४ बजे मृत्यु भएको उनले बताए । उनको मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएंको थियो ।

यी संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५८ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (mailto:nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *