सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु

88
Shares


कैलाली, १५ मंसिर। कैलालीको सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका(-४ का ७६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

मंसिर८ गते अस्पतालमा भर्ना भएका पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । अस्पतालका अनुसार उनमा श्वासप्रश्वास सम्बन्धी समस्या समेत थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *