सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु


कैलाली, १५ मंसिर। कैलालीको सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका(-४ का ७६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

मंसिर८ गते अस्पतालमा भर्ना भएका पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । अस्पतालका अनुसार उनमा श्वासप्रश्वास सम्बन्धी समस्या समेत थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *