थप २३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १४३५ पुग्यो

काठमाडौँ, १२ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ३५ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ७ सय ३ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा  थप १ हाजर २ सय ३६ जना कोरोनामुक्त भएका छन् ।  आइसीयूमा ३५४ जना र भेन्टीलेटरमा ५४ जना उपचाररत छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *