थप २३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १४३५ पुग्यो

काठमाडौँ, १२ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ३५ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ७ सय ३ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा थप १ हाजर २ सय ३६ जना कोरोनामुक्त भएका छन् । आइसीयूमा ३५४ जना र भेन्टीलेटरमा ५४ जना उपचाररत छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



