धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु

22
Shares

धरान, १० मंसिर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० बर्षका पुरुष रहेका छन् ।

राजविराज ४ सप्तरी घर भएका ती पुरुषमा गत १ मंसिरमा कोरोना संक्रमण भएको पुष्टी भएको थियो । सोही दिन अस्पताल भर्ना भएका उनको हिजो दिउसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

संक्रमण हुनु अघि नै उनमा कलेजो रोगबाट ग्रसित रहेको अस्पतालले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *