गण्डकी प्रदेशमा थपिए ९१ जना कोरोना संक्रमित

पोखरा, ९ मंसिर । पछिल्लो चौबिस घण्टामा गण्डकी प्रदेशमा थप ९१ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप ९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार संक्रमित हुनेहरु ६ जिल्ला छन् । जसमा गोरखाका १७, कास्कीका ५५, लमजुङका १, नवलपरासी पूर्वका ५, साङ्जाका २, तनहुँका ११ जना रहेका छन् ।
सबैजना संक्रमितहरु contact tracing बाट पहिचान भएका हुन् । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।
यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार २८१ पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



