पछिल्लो चौविस घण्टामा थप १९४६ जनामा कोरोना संक्रमण, २५०३ जना निको भए

172
Shares

काठमाडौँ, २९ कात्तिक । पछिल्लो चौविस घण्टामा थप १ हजार ९४६ जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा थप २ हजार ५०३ जना कोरोनामुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको चौविस घण्टाको कोरोना अपडेटमा ८ हजार ७५३ जनाको पीसीआर जाँच गर्दा थप १ हजार ९४६ जना (२२ प्रतिशत) मा संक्रमण देखिएको उल्लेख छ ।

मन्त्रालयले यहि अवधीमा १३ जनाको ज्यान गएको बताएको छ ।

कोरोनाका सक्रिय संक्रमित साढे १७ प्रतिशत, निको हुने ८२ प्रतिशत
मन्त्रालयले अहिलेसम्म १६ लाख २६ हजार ३ जनाको पीसीआर जाँच गर्दा २ लाख ८ हजार २९९ जना कोभिड १९ पोजेटिभ देखिएको जनाएको छ । तर १ लाख ७० हजार ६३२ जना (८१.९ प्रतिशत) निको भइसकेका छन् ।

कोरोनाका ३६ हजार ४५२ जना अहिले पनि सक्रिय संक्रमित रहेका छन् । यो संख्या कुल संक्रमितको १७.५ प्रतिशत हो ।

आजको १३ जना सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २१५ पुगेको छ । यो कुल संक्रमितको ०.६ प्रतिशत हो ।

काठमाडौँ उपत्यकामा ८३५ जनामा कोरोना संक्रमण
यसैबीच शनिबार काठमाडौँ उपत्यकामा थप ८३५ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा सबैभन्दा बढी ६४२ जना, ललितपुरमा १०५ जना र भक्तपुरमा ८८ जना गरी कुल ८३५ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज उपत्यकामा देखिएको संक्रमितको संख्या देशभर देखिएको संक्रमित संख्याको ४३ प्रतिशत हो । आज देशभर १ हजार ९४६ जना कोरोना संक्रमित थपिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *