पछिल्लो २४ घण्टामा २५७१ जना संक्रमित थपिए, १७९८ जना संक्रमणमुक्त

140
Shares


काठमाडौँ, २४ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ५ सय ७१ जनामा कोरोना भाइरस(कोभिड -१९)संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ११ हजार १ सय ७७ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार ५ सय ७१ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९७ हजार २० सय पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ७४ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप १ हजार ७ सय ९८ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ पुगेको छ ।

त्यस्तै क्वारेनटिनमा ९ सय ६७ जना रहेका छन् । होमआइसोलेसनमा २९ हजार ८ सय ३६ जना रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *