रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

164
Shares

रुपन्देही, २४ कात्तिक । रुपन्देहीमा सोमबार (आज ) थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-१७ निवासी ४५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ६ बजे लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि शनिबार अस्पताल भर्ना भएका उनलाई शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक कलेजो र मिर्गौला रोगबाट पीडितसमेत भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

त्यस्तै रुपन्देही सैनामैना ननगरपालिकाकी ५६ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो । कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला १९ गते भीम अस्पतालमा भर्ना भएकी थिइन् । उनको बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *