नेपाल प्रहरी अस्पतालले ३०० बेडको कोभिड अस्थायी अस्पताल सञ्चालन गर्ने

276
Shares

काठमाडौँ, १९ कात्तिक । सरकारले महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताललाई ३०० बेडको कोभिड अस्थायी अस्पताल सञ्चालन गर्न स्वीकृति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको आज बसेको बैठकले कोभिड १९ को अस्थायी अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा कोभिड १९ संक्रमितको संख्या ह्वात्तै बढेको छ । यसले अस्पतालहरुमा बेडको समेत अभाव भएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले प्रहरी अस्पताललाई पनि ३०० बेडको कोभिड अस्थायी अस्पताल सञ्चालन गर्न स्वीकृति दिएको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *