कोरोना संक्रमणमा परेका बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौँमा

144
Shares

हेटौडा, ७ कात्तिक । कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहेका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी विजयालाई समेत उपचारका लागि राजधानी लगिएको हो ।

मधुमेहका बिरामी मुख्यमन्त्री पौडेलको केही महिनाअघि मुटुको शल्यक्रियासमेत गरिएको थियो । एक दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री निवास चौकीटोल हाइटमा हेटौंँडा अस्पतालका चिकित्सकद्वारा पौडेलको उपचार गरिएको थियो ।

नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि पौडेल दम्पतीलाई नै काठमाडौंँ लगिएको पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

पौडेलको उपचार गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भइरहेको र स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ । एकदिनअघि मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *