औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई
काठमाडौँ, २९ असोज । औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईले पाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज मन्त्रिस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई दिने निर्णय गरेका हुन् ।
उनी दुई महिना अघि एघारौँ तहमा बढुवा भएका थिए ।तर उनको पदस्थापन हुन सकेको थिएन् ।
विभागमा यसअघि महानिर्देशक रहेका नारायण ढकाललाई राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



