डा. केसी र सरकारबीच सहमतिपछि चिकित्सक संघको आन्दोलन फिर्ता
काठमाडौँ, २५ असोज । अनसनरत डा गोविन्द केसी र सरकारी पक्षबीच सहमति भएपछि नेपाल चिकित्सक संघले आज गर्ने भनेको स्वास्थ्य सेवा बहिस्कार लगायतका कार्यक्रम फिर्ता लिएको छ । संघका महासचिव डा बद्री रिजालले आइतबार विहान विज्ञप्ती जारी गर्दै पूर्व निर्धारित विरोधका कार्यक्रम फिर्ता लिएको हो ।
विगत २७ दिन देखि अनसन बसेका डा केसी र सरकारी पक्षबीच शनिबार मध्यरातमा आठ बुँदे सहमति भएको थियो ।
त्यसअघि संघले सहमतिका लागि दवाव दिन भन्दै आज आइतबार देशभरका स्वास्थ्य संस्थाका आकस्मिक र कोभिड – १९ बाहेकका सेवाहरु बहिस्कार गर्ने घोषणा गरेको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



