कोरोना संक्रमण मुक्त भएका १० प्रतिशतले छाडे धूमपान !

852
Shares

काठमाडौँ, ७ असोज । कोरोना भाइरस (कोभिड – १९) को संक्रमणमा परेका अम्मलीमध्ये १० प्रतिशतले धूमपान छाडेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड – १९ संक्रमणबाट मुक्त भएकाहरुमा गरेको सर्वेक्षणले यस्तो नतिजा देखाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित कोरोना ब्रिफिङमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले रिपोर्ट सार्वजनिक गरेका थिए ।

उनका अनुसार  परिषद्ले सातवटै प्रदेशका कोरोना मुक्त भएका १८ बर्ष माथिका ५५२ जना व्यक्तिहरुमा संख्यात्मक र २५ जना व्यक्तिहरुमा गुणात्मक विधिद्धारा स्वास्थ्य अवस्था अध्ययन् गरेको थियो । त्यसमा सहभागिहरुमध्ये कोभिड – १९ लाग्नु अघि धूमपान गर्ने गरेकामध्ये १० प्रतिशतले धूमपान छाडेको बताएका थिए । यस्तै १२ प्रतिशतले मध्यपान त्यागेको बताएका छन् ।

कोभिड -१९ संक्रमणबाट मुक्त भएका व्यक्तिको सर्वेक्षण टेलिफोन अन्तर्वार्ता द्वारा नेपालको सातवटै प्रदेशमा १८ वर्ष माथिका कोरोना संक्रमण भई निको भएका व्यक्तिहरुको स्वास्थ्य अवस्था विशेष गरि शारीरिक, मानसिक र सामाजिक स्वास्थ्य स्थितिको अध्ययन गर्ने ५५२ व्यक्तिहरुमा संख्यात्मक र २५ व्यक्तिहरुमा गुणत्मक विधिद्वारा मूल्यकाङ्कन गरि तयार पारिएको थियो ।

‘अनुसन्धान विधिमा तथ्याङ्क सङ्कलन विधि प्रयोग गरियो जसमा संरक्षित प्रभावशाली र गहन अन्तर्वार्ता निर्देशिकाहरु तयार गरियो र विशेषज्ञहरुको मद्दत लिएर अन्तिम रुप दिइयो । जसमा धुम्रपान र मद्यपानको सेवन पनि कोभिड १९ पश्चात १० र १२ प्रतिशतले घटेको पाइएको छ,’ परिषदका सदस्यसचिव डा प्रदीप ज्ञवालीले भने ।

उनले सर्वेक्षणमा सहभागी कूल ५५२ जना मध्ये ७० जना संक्रमितमा अन्य दीर्घ रोगहरु ( मधुमेह, मुटुरोग, दम, आदि)को समेत समस्या भएको पाइएको बताए ।

 सर्वेक्षणले अरु के के देखायो ?

  • सर्वेक्षण गरिएका कूल जनसंख्या मध्ये ९९ प्रतिशतले यात्रा गरेको पाइयो । (देशभित्र ६९.१ प्रतिशत र अन्तर्राष्ट्रिय भ्रमण २९.९ प्रतिशत)
  • कोभिड १९ संक्रमण मुक्त भएका व्यक्तिहरुको हालको शारीरिक स्वास्थ्य स्थितिको आँकलन गर्दा ८९.१ प्रतिशत व्यक्तिहरु सामान्य अवस्थामा रहेका थिए भने १०.९ प्रतिशत मा लक्षणहरु (जस्तैः– रुघाखोकी, चिसो महसुस हुने, सामान्य कार्य गर्दा पनि कमजोर महसुस हुने र गन्ध र स्वाद पनि गुमाएको) अनुभव व्यक्त गरेको पाइयो ।
  • कोभिड १९ को सामान्य लक्षण भएका विरामीहरु साथै युवा तथा वयस्कहरुमा पनि लामो समय सम्म विरामी बनाउन सक्ने पाइयो ।
  • ३५ प्रतिशत भन्दा बढी विरामीहरुमा निको भएको २ देखि ३ हप्ता सम्म पनि खोकी, थकान र श्वास फेर्न गाह्रो हुने लक्षण भएको पाइयो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *