उपत्यकाको ५ सहित देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४०१ पुग्यो

164
Shares


काठमाडौँ, ३ असोज । पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकाको ५ सहित देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जसमा ८ जिल्लाका ७ जना महिला र ४ जना पुरुष गरी देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ ।

मृत्यु हुनेमा मोरङकी ६५ वर्षीया, रौतहटकी ५१ वर्षीया, सर्लाहीकी ५६ वर्षीया, ललितपुरका ७३ र ६८ वर्षीया, काठमाडौँकी ७७ वर्षीया र मकवानपुरकी ३७ वर्षीया महिला, ललितपुरका ६० वर्षीय, काठमाडौँका ७५ वर्षीय, रुपन्देहीका ६९ वर्षीय र बाँकेका ४५ वर्षीय पुरुष हुन् ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *