उपत्यकाको ५ सहित देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४०१ पुग्यो


काठमाडौँ, ३ असोज । पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकाको ५ सहित देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जसमा ८ जिल्लाका ७ जना महिला र ४ जना पुरुष गरी देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ ।

मृत्यु हुनेमा मोरङकी ६५ वर्षीया, रौतहटकी ५१ वर्षीया, सर्लाहीकी ५६ वर्षीया, ललितपुरका ७३ र ६८ वर्षीया, काठमाडौँकी ७७ वर्षीया र मकवानपुरकी ३७ वर्षीया महिला, ललितपुरका ६० वर्षीय, काठमाडौँका ७५ वर्षीय, रुपन्देहीका ६९ वर्षीय र बाँकेका ४५ वर्षीय पुरुष हुन् ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *