पचास प्रतिशतले घट्यो कोभिड-१९ परीक्षण शुल्क, अब पीसीआर जाँच गर्दा २ हजार तिरे पुग्ने

काठमाडौँ, २८ भदौ ।  सरकारले रियलटाइम पीसीआर परीक्षणको शुल्क दोस्रो पटक पचास प्रतिशतले  घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब देशभरका पीसीआर परीक्षण गर्ने प्रयोगशालाले अब बढीमा २ हजार शुल्क लिन सक्ने जनाएको छ ।

मन्त्रालयले शुरुमा पीसीआर परीक्षणको शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको थियो । तीन साता अघि यसको मूल्य घटाएर ४ हजार रुपैयाँमा झारेको थियो । अहिले त्यसको पचास प्रतिशत कम अर्थात २ हजार रुपैयाँमा तोकिएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विश्व बजारमा विश्व बजारमा पीसीआर किट्को मूल्य घटेपछि मूल्य घटाइएको बताएका छन् ।
देशमा हरेक दिन औषत साढे ११ हजारको पीसीआर परीक्षण गरिने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *