कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशक बने डा. रबिन खड्का

20
Shares

काठमडौँ, १५ भदौ ।  कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयमा निर्देशकको जिम्मेवारी डा रबिन खड्काले पाएका छन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले डा खड्कालाई प्रदेश स्वास्थ्य निर्देशनालयमा निर्देशकको रुपमा काम काज गर्ने गरी जिम्मेवारी दिएको हो ।

डा खड्का प्रदेश अस्पताल सुर्खेतमा काम काज गर्ने गरी कार्यरत थिए । त्यहिबाट उनलाई प्रदेश स्वास्थ्य निर्देशनालयको जिम्मेवारीमा लगिएको हो ।

यसअघि प्रदेश स्वास्थ्य निर्देशनालयमा निर्देशक रहेकी डा रीता जोशी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएकी छन् । डा जोशीको संघ अन्तरगर्तकै दरबन्दी रहेपनि काम काज गर्ने गरी कर्णालीमा थिइन् ।

डा खड्का सरकारी चिकित्सक संघ नेपाल (गोदान)को अध्यक्ष समेत हुन् । उनी आजै मात्रै दशौँ तहमा बढुवा भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *