‘लक्षण नभई भर्ना भै सकेका कोरोना संंक्रमितलाई १० दिनमा डिस्चार्ज गर्नु’
काठमाडौँ, १० भदौ । सरकारले लक्षण नभएका र सामान्य अवस्थाका (एसिम्ट्रोमेटिक र माइल्ड केस) कोरोना संक्रमितलाई १० दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गर्न कोभिड -१९ अस्पतालहरुलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड -१९ इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएम)ले यस्तो निर्देशन दिएको हो ।
‘गत सोमबार बसेको आइसीएसको बैठकको निर्णय अनुसार कोरोना भाइरस संक्रमितको उपचार सबै अस्पतालहरुलाई दिइएको उक्त निर्देशनमा यदि लक्षण नभएका र सामान्य अवस्थाका बिरामीको भर्ना गरिएको छ भने उनीहरुलाई १० दिन भित्र पीसीआर गरी डिस्चार्ज गर्ने । यदि १० दिन पछि पोजेटिभ आयो भने १४ दिन राखेर पीसीआर नगरी डिस्चार्ज गर्ने । यदि १४ दिन भन्दा बढी राखियो भने त्यसपछिको सोधभर्ना सरकारले दिदैन्,’ बुधबारको नियमित कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले स्पष्ट पारे ।
आइसीएसले केही दिन अघि मात्रै लक्षण नभएका संक्रमितहरुलाई अस्पतालमा भर्ना नगर्ने निर्णय गरिसकेको छ । उनीहरुलाई होम आइसोलेसन वा अन्य आइसोलेसनमा राखिने भनिएको छ ।
आजको निर्देशन पछि अव अस्पतालमा लक्षण नभएका बिरामीहरु हुनेछैनन् ।
सम्पर्क इमेल : [email protected]