स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेमाथि स्थानीय प्रशासनले कारवाही थाल्दैछ : स्वास्थ्य मन्त्रालय
काठमाडौँ, ७ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेहरु स्थानीय प्रशासनले कारवाही प्रक्रिया अघि बढाएको बताएको छ । मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएक हुन् ।
यसअघि चितवनमा संक्रमित चिकित्सक होम आइसोलेसनमा बसिरहँदा टोल सुधार समितिको नामबाट एउटा समूह कोरोना संक्रमितको घर भन्दै व्यानर टाँस्न पुगेको थियो । शनिबार मात्रै काठमाडौँमा टोल सुधार समितिकै नाममा एउटा समूहले सिभिल अस्पतालका स्वास्थ्यकर्मी बसेको नयाँ बानेश्वरस्थित एक होस्टलको घेराउ गर्न पुगेको थियो ।
यी दुबै घटनालाई स्वास्थ्यकर्मीमाथिको दुर्व्यहारको संज्ञा दिदै उनले यसो नगर्न आम सर्वसाधारणलाई पुन सचेत बनाए ।
उनले यी दुबै घटनालाई मन्त्रालयले नजिकबाट निहालिरहेको र यस्तो महामारीका बेला दिनरात नभनी बिरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न गृहमन्त्रालय मार्फत स्थानीय प्रशासनलाई निर्देशन दिइसकिएको बताए ।
प्रवक्ता डा गौतमले उनले स्थानीय प्रशासनले पनि कारवाहीका लागि कदम अघि बढाईसकेको समेत दावी गरे ।
‘दुर्व्यवहार गर्नेमाथि कारवाही हुन्छ । हामीले लेखि पठाएका छौँ । स्थानीय प्रशासनले कदम चालिसकेको छ,’ स्वास्थ्यकर्मीहरुलाई उनले आश्वासन दिए । साथै उनले आम सर्वसाधारणलाई कुनै पनि स्वास्थ्यकर्मीैलाई दुर्व्यवहार नगर्न अनुरोध गरे । उनले त्यस्तो गर्नेमाथि कडा कारवाही हुने समेत चेतावनी दिए ।
सम्पर्क इमेल : [email protected]