काठमाडौँ उपत्यकामा छ हजार आईसोलेसन बेड तयार पार्ने सरकारको निर्णय

4
Share

काठमाडौँ, ५ भदौ । सरकारले कोरोना भाइरस (कोभिड – १९)को संक्रमणमा परेकाहरुलाई राखी उपचार गर्न काठमाडौँ उपत्यकामा छ हजार आईसोेलेसन बेड तयार पार्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उपत्यकामा कोरोनाको बढदो जोखिमलाई लक्षित गरी आइसोलेसन बेड थप गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता डा युवराज खतिवडाले थप आइसोलेसन बेडका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी, निजी, सामुदायिक लगायतका सबै अस्पताल, सबैखाले मेडिकल कलेज तथा प्रतिष्ठानसंग समन्वय गरी तयार गर्ने बताए ।

यसअघि स्वास्थ्य मन्त्रालयले कतिपय निजी क्षेत्रका अस्पताल तथा मेडिकल कलेजसंग समन्वय गरी आइसोलेसन बेड तयार गरिसकेको छ । त्यसवापत ति अस्पताल तथा मेडिकल कलेजहरुलाई खर्चको सोधभर्ना गर्ने निर्णय समेत गरिसकेको छ ।

स्वास्थ्यका अधिकारीहरुले यसअघि नै विभिन्न निजी तथा सामुदायिक अस्पताल अस्पताल तथा मेडिकल कलेजको अनुगमन गरी सम्भाव्यता अध्ययन समेत गरिसकेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *