चिकित्सा तर्फको पीजी अध्ययन् गराउन २५ वटा संस्थालाई ११४१ सिट
काठमाडौँ, १ भदौ । चिकित्सा शिक्षा अयोगले आगामी शैक्षिक सत्रका लागि चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर (पोष्ट ग्राजुएट्स) तहको सिट निर्धारण भएको छ । आयोगको गत ३० साउनमा बसेको चौथो बैठकले पोष्ट ग्राजुएट्स तहको अध्ययन् गराउने प्रतिष्ठान, संस्था तथा कलेजहरु गरी २५ वटा संस्थालाई १ हजार १४१ सिट निर्धारण गरेको हो ।
आयोगले यसपटक देखि साझा प्रवेश परीक्षा (कमन इन्ट्रान्स) शुरु गर्दैछ । कोरोनाको जोखिम कम हुने वित्तिकै साझा प्रवेश परीक्षा लिएर विद्यार्थीको भर्ना शुरु गर्ने योजनामा आयोग रहेको उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले बताए ।
आयोगको अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत शुक्रबार (३० साउन) बालुवाटारमा बसेको बैठकले गरेका कुनै पनि निर्णय औपचारिक रुपमा सार्वजनिक भइसकेको छैन् ।
तर, स्रोतले दिएको जानकारी अनुसार प्रतिष्ठान संस्थान र कलेजहरुलाई पीजी तहको सिट निर्धारण यसप्रकार रहेको छ ।
सम्पर्क इमेल : [email protected]