पछिल्लो चौविस घण्टामा थप ४६८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६ हजार नाघ्यो

0
Shares

काठमाडौँ, ३१ साउन । पछिल्लो चौविस घण्टामा ४६८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमलले देशका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ४७ जनाको पीसीआर नमूना परीक्षण गर्दा ४६८ जनामा पोजेटिभ देखिएको बताए ।

यहि अवधीमा देशभर १२४ जना डिस्चार्ज भएको समेत उनले जानकारी दिए । यो संगै कुल संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । आज थप ३ जना संक्रमितको मृत्यु भएपछि कुल मृत्युको संख्या १०२ पुगेको डा गौतमलले बताए ।

आजसम्म देशभरका क्वारेन्टिनमा १४ हजार ४०० व्यक्ति रहेको समेत उनले जानकारी दिए । डिस्चार्ज हुनेको संख्या भने १७ हजार २०१ रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *