कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु

0
Shares

कास्की, २५ साउन । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पोखरामा थप एक जनाको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड – १९ उपचार केन्द्रको आइसीयूमा गत १७ साउनमा भर्ना भई उपचार गराईरहेका ६२ बर्षिय पुरुषको शनिबार राती ११:३५ मा ज्यान गएको हो ।

पोखरा महानगरपालिका -१९ निवासी उक्त पुरुषमा मधुमेह रोगको समस्या समेत रहेको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले बताए । सो प्रतिष्ठानको कोभिड -१९ उपचार केन्द्रमा कोरोनाबाट अहिलेसम्म ३ जनाको ज्यान गएको छ ।

यो संगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *