कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु

कास्की, २५ साउन । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पोखरामा थप एक जनाको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड – १९ उपचार केन्द्रको आइसीयूमा गत १७ साउनमा भर्ना भई उपचार गराईरहेका ६२ बर्षिय पुरुषको शनिबार राती ११:३५ मा ज्यान गएको हो ।

पोखरा महानगरपालिका -१९ निवासी उक्त पुरुषमा मधुमेह रोगको समस्या समेत रहेको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले बताए । सो प्रतिष्ठानको कोभिड -१९ उपचार केन्द्रमा कोरोनाबाट अहिलेसम्म ३ जनाको ज्यान गएको छ ।

यो संगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *