गोदानको नेतृत्व छनौटका लागि भोलि हुँदैछ निर्वाचन्
काठमाडौँ, २३ साउन । नयाँ नेतृत्व छनौटका लागि सरकारी चिकित्सक संघ नेपाल (गोदान)को निर्वाचन शनिवार (भोलि) हुँदैछ ।
कोभिड -१९ को महामारीकाबीच हुन लागेको निर्वाचनमा यसपटक मतदान केन्द्रमा पुगेर लाइन लागी भोट हाल्न भने पर्ने छैन् ।
गोदानको निर्वाचन समितिले यसपटक विद्युतिय भोटिङ विधि अपाउन लागेको छ । विहान ७ बजे देखि अपरान्ह ५ बजेसम्म चिकित्सकहरुले इलेक्ट्रोनिक भोटिङ विधिबाट मतदान गर्न सक्नेछन् । भोलि हुने निर्वाचनका लागि भोटाधिकार भएका चिकित्सकको संख्या ७६८ रहेको छ । ती चिकित्सकहरुको इमेलमा उम्मेद्धारको लिष्ट जान्छ र त्यहि क्लिक गरेर भोट हाल्न सकिने व्यवस्था मिलाइएको छ ।
अपरान्ह पाँच बजे मतदान अवधी सकिदा मत परिणाम पनि संग संगै आउनेछ ।
यसैबीच अध्यक्षका प्रत्यासी डा. रविन खड्काले गोदानको नेतृत्व गर्न आफ्नो ११ बुँदै प्रतिवद्धता प्रस्तुत गरेका छन् । निवर्तमान महासचिव समेत रहेका खड्काले आफू नेतृत्वमा पुगेमा निम्न अनुसारको कामहरु गर्ने बताएका छन् ।
- संघीय लोकसेवाबाट नियुक्त सबै चिकित्सक संघ अन्तरगर्त रही परिचालित हुने व्यवस्था मिलाउने ।
- आयोगबाट पीजी अध्ययनका लागि छुट्याइएको ४० प्रतिशत पुरै सिट सबै लोकसेवाबाट स्वास्थ्य सेवामा नियुक्त साथीहरुको लागि सुनिश्चित गराउने ।
- ODOI लाई स्वेश्छिक बनाई लागू गराउने र चिकित्सकको व्यक्तिगत पेशागत र सामाजिक सुरक्षाको प्रत्याभुत गराउने ।
- नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्धारा गठित सबै ८ वटा समितिहरुमा अधिकतम चिकित्सक केन्द्रीत Input दिने ।
- सरकारी चिकित्सकको व्यक्तिगत पेशागत र सामाजिक सुरक्षाको प्रत्याभूति गराउन जेल वीदआउट बेल तुरुन्त लागु गराउन ।
- एक चिकित्सक एक स्वास्थ्य संस्था स्वेच्छिक बनाई हुवहु लागू गराउन ।
- प्रस्तावित ड्राफ्टमा भएको संघीय लोकसेवाबाट नियुक्त हुनु भएका सबै डाक्टरलाई संघ अन्तरगर्तत राखी परिचालन गर्ने सुनिश्चितता गराउन ।
- Extended NAMS लाई मुर्त रुप दिइ हाल स्नातकोत्तर र सो भन्दा माथिका शैक्षिक गतिविधिका लागि छुट्याइएको संख्यामा सबै स्वास्थ्यको स्थायी डाक्टरलाइ समेटिने कार्यविधि बनाउन ( जुन बनाउने जिम्मा हाम्रै काधमा छ ।)
- नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयद्धारा गठित सबै आठ वटा समितिहरुमा अधिकतम चिकित्सक केन्द्रित input दिन ।
- चिकित्सक समूहलाई विशिष्टीकृत मानी चिकित्सकको सेवा सुविधा हक अधिकारको लागि चिकित्सा सेवा ऐनको पैरवी गरी सो ऐन ल्याउन ।
- छाता प्रतिष्ठान ऐन लागू गराउन र हरेक संस्थामा नियुक्त हुने डीन र निर्देशक सरकारी डाक्टरबाटै हुने व्यवस्था मिलाउन ।
स्वास्थ्यको संगठनात्मक पुर्नसंरचनामा चिकित्सकलाई सर्बोपरी मानि अर्गानोग्राम बनाउन ।
डा. खड्का विगत १५ बर्ष देखि सरकारी सेवामा कार्यरत छन् । उनको प्रतिस्पर्धामा डा. समाज गौतम उत्रिएका छन् ।
सम्पर्क इमेल : [email protected]