काठमाडौँमा हराएका १६ जना कोरोना संक्रमितमध्ये ८ जना भेटिए

0
Shares

काठमाडौँ, २२ साउन । कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएपछि बुधबार बेलुकाबाट सम्पर्कविहिन भएका काठमाडौँ उपत्यकाका १६ मध्ये ८ जना कोरोना संक्रमित सम्पर्कमा  आएका छन् । उनीहरु बिहीबार दिउसो स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को सम्पर्कमा आएका हुन् ।

‘बुधबार उपत्यकामा संक्रमण पुष्टी भएका १०२ जना मध्ये १६ जना इडिसिडीको सम्पर्कमा आएका थिएनन् । ती १६ जनाको फोन अफ थियो । त्यसैले व्यवस्थापन गर्न सकिएको थिएन । अहिले ८ जना सम्पर्कमा आए, उनीहरुको व्यवस्थापन भएको छ,’ इडिसिडीका बरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले भने ।

उनका अनुसार बेपत्ता हुने र भेटिनेहरु सबै तराईका जिल्लाहरुबाट आएका व्यक्तिहरु हुन् ।

कोइरालाको अनुसार कोही संक्रमितले पाटनमा स्वाब दिएका छन भने कोहीले टेकुमा दिएका छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *