काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण

0
Shares


काठमाडौँ, २० साउन ।   पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयद्धारा जारी नियमित कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ४८ ललितपुर १ र भक्तपुरमा १३ गरी थप ६२ जनामा कोरोना संक्रमण देखिएको बताए ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भत्तपुरका ११ र काठमाडौँका ३८ जनामा संक्रमण देखिएको छ । यस्तै त्रिवि शिक्षण अस्पतालमा काठमाडौँका ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै नेपाल प्रहरी अस्पतालको प्रयोगशालामा भक्तपुरका १ जना, स्टार अस्पतालमा काठमाडौँका २ र ललितपुरका १ जना र विध प्रयोगशाला ललिपतुरमा काठमाडौँका ३ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै भक्तपुरस्थित नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका १ जनामा संक्रमण देखिएको छ ।

डा गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ल्यावमा परीक्षण गर्दा २५९ जनामा संक्रमण देखिएको बताए । यो संगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । त्यसमध्ये १५ हजार २६ जना निको भएर घर फर्केका छन् ।

अहिले एक्टीभ केशको संख्या ५ हजार ९२४ रहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या भने ५८ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *