अब उपत्यका भित्रका खाजाघर/रेष्टुरेन्ट कि व्यवस्थित कि बन्द

4
Share

काठमाडौँ, १९ साउन ।  सरकारले व्यवस्थित रुपमा सञ्चालन नभएका उपत्यका भित्रका खाजा घर तथा रेष्टुरेन्ट बन्द गराउने निस्कर्षमा पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस)को बैठकले यस्तो निर्णय गरेको हो । उपत्यकामा सञ्चालित धेरै खाजाघर तथा रेष्टुरेन्टले न्युनतम स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरी सञ्चालन गरेको जानकारी आएको भन्दै यसमा सुधार नगर्नेहरुलाई बन्द गर्ने निस्कर्षमा पुगेको हो ।

यस्तै आइतबारकै बैठकले उपत्यका भित्र परीक्षण मापदण्ड अनुसार जाँच गर्नुपर्ने व्यक्तिहरुरको नमूना संकलन गर्नका लागि ठाँउ ठाँउका अस्पतालहरुलाई बुथ तोक्ने समेत निर्णय गरेको छ । अहिले केही अस्पतालमा मात्रै नमूना लिने गरिएको छ ।

कोरोना परीक्षण मापदण्ड पुगेका व्यक्तिहरु आफ्नो पायक पर्ने ठाँउबाट नमूना दिन नपाउँदा जोखिम झन् झन् बढ्न पुगेको निस्कर्ष निकाल्दै यस्तो निर्णयमा पुगेको हो ।

यस्तै मन्त्रालयले अहिलेसम्म गरेका कामहरुको स्वतन्त्र अडिट गर्ने गरी एउटा स्वतन्त्र प्राविधिक निकायलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *