स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. उमाशंकर प्रसादको राजिनामा स्वीकृत

0
Shares

काठमाडौँ, १६ साउन । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा उमाशंकर प्रसादले पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । गत सोमबार ( १२ साउन)मा बसेको मन्त्रिपरिषदको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

गत महिना पदबाट राजिनामा दिएका डा उमाशंकरले गत हप्ता मात्रै आफ्नो राजिनामाको सनाखत गराएका थिए । त्यसपछि बसेको मन्त्रिपरिषद्ले उनको राजिनामा स्वीकृत गरेको हो ।

यसअघि स्वास्थ्य वीमा सम्वन्धी कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन नसकेको भन्दै स्वास्थ्य मन्त्रालयले बोर्ड अध्यक्ष, कार्यकारी निर्दशक र अन्य पदाधिकारी सहितलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधेपछि केही पदाधिकारी र कार्यकारी निर्देशकसहितले राजिनामा दिइसकेका छन् ।

अव अध्यक्षको समेत राजिनामा आइसकेपछि वीमा बोर्डमा पुन नयाँ टीम पठाउने तयारीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होमवर्क अघि बढाएको छ ।

अहिले भने काम चलाउन मन्त्रालयले आफ्नो सहसचिव डा राधिका थपलियालाई कार्यकारी निर्देशकको रुपमा खटाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *