पाल्पा : पून्यतिथिकाअवसरमा खिर खाएका २८ जना बिरामी

0
Shares


पाल्पा, १३ साउन । पाल्पाको रामपुरमा खिर खाएका २८ जना बिरामी परेका छन् । रामपुर नगरपालिका–७ मोहटीका ओमबहादुर सुनारका बुबाको निधन भएको १३ औँ दिनको पून्यतिथिका अवसरमा पकाइएको खिर खाएका आफन्त र छिमेकी बिरामी परेका हुन् ।

बिरामीको अहिले रामपुर अस्पतालमा उपचार भइरहेको छ । केही आज र आइतबारदेखि बिरामी परेका थिए । सबै बिरामीलाई अस्पतालमा भर्ना गरी उपचार गरिएको रामपुर अस्पतालका सूचना अधिकृत रामप्रसाद कोइरालाले जानकारी दिए ।

अधिकृत कोइरालाका अनुसार ‘फुडपोइजन’का कारण बिरामी परेको र बिरामीमा बान्ता हुने, ज्वरो आउने, पखला लाग्ने, टाउको दुख्ने र पेट दुख्ने लक्षण देखिएको छ । बिरामी हुनेमा रामपुर–७ मोहटी, कठानलगायत १८ देखि ५९ वर्षसम्मका पुरुष तथा महिला रहेका छन् । रामपुर–७ बाहेक अन्य क्षेत्रका आफन्त पनि भोजमा सहभागी भएका कारण बिरामीको सङ्ख्या बढ्न सक्ने रामपुर नगरपालिका–७ का वडासदस्य कमलराज भट्टराईले जानकारी दिए ।    रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *