गोदान निर्वाचन : नाम फिर्ता लिने अवधी सकियो, २७ जनाको उम्मेद्धारी कायम
काठमाडौँ, १३ साउन । सरकारी चिकित्सक संघ नेपाल (गोदान)को आगामी २४ साउनमा हुने निर्वाचनका लागि २७ जनाको उम्मेद्धारी परेको छ । उम्मेद्धारी फिर्ता लिने अवधी आज सकिँदा केही उम्मेद्धारले नाम फिर्ता लिएपछि २७ जनाको नाममा अन्तिम रुप दिइएको हो ।
गोदानमा नेतृत्व गर्न अध्यक्ष पदमा डा रविन खड्का र डा समाज गौतमको उम्मेद्धारी परेको छ । यस्तै बरिष्ठ उपाध्यक्षमा डा विजय थापा र डा रामप्रसाद सापकोटा नियुक्त भएका छन् । यस्तै उपाध्यक्षमा डा सुशील मोहन भट्टराई र डा विप्लव घिमिरेको उम्मेद्धारी भएको छ । यस्तै महासचिवमा डा कीर्तिपाल सुवेदी र डा विजयकुमार साहको उम्मेद्धारी परेको छ ।
हेर्नुहोस निर्वाचन समितिले अन्तिम रुप दिएको उम्मेद्धारको लिष्ट

सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

