काठमाडौँ उपत्यकामा थपिए ५३ जना कोरोना संक्रमित

8
Shares

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा आज थप ५३ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँका ४८ ललितपुरका  ४ जना र भक्तपुरका १ जना  गरी ५३   जना संक्रमित थपिएको बताए ।

यो संगै पछिल्लो चौविस घण्टामा देशभर थप ३११ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १२९ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १२१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १३ हजार ८७५ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *