कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ४८ पुग्यो
काठमाडौँ, १२ साउन। नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमका अनुसार मृतक बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुष हुन् ।
उनको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु भएको हो । उनी निमोनिया, मिर्गौला र मस्तिष्कघातसम्बन्धी रोगका विरामी थिए ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]