गण्डकी प्रदेशमा थपिए १० जना कोरोना संक्रमित

काठमाडौँ, ९ साउन । गण्डकी प्रदेशमा आज थप १० जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ।
क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको नमुना परिक्षणमा थप नयाँ १०जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा ४ जिल्ला कास्की, लमजुङ , वागलुङर तनहुका रहेका छन् । जसमा १ जना महिला र ९ जना पुरुष रहेका छन् ।
संक्रमित सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३६० पुगेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

