गण्डकी प्रदेशमा थपिए १० जना कोरोना संक्रमित

काठमाडौँ, ९ साउन । गण्डकी प्रदेशमा आज थप १० जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ।
क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको नमुना परिक्षणमा थप नयाँ १०जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा ४ जिल्ला कास्की, लमजुङ , वागलुङर तनहुका रहेका छन् । जसमा १ जना महिला र ९ जना पुरुष रहेका छन् ।
संक्रमित सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३६० पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



