वीरगञ्जमा दुई जना चिकित्सकमा कोरोना संक्रमण
वीरगञ्ज, ८ साउन । वीरगञ्जका दुई जना चिकित्सकमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । संक्रमितमध्ये एक जना नारायणी अस्पतालमा कार्यरत हुन् भने अर्का एक जना सोही अस्पतालबाट सेवा निवृत्त भएका चिकित्सक हुन् ।
अस्पतालका मेसु डा मदनकुमार उपाध्यायका अनुसार संक्रमित दुबै चिकित्सक नारायणीको कोभिड १९ अस्थायी अस्पतालमा हिजो मृत्यु भएका ७० बर्षीय कोरोना संक्रमित पुरुष र अर्का एक संक्रमितको उपचारमा खटिनेहरु हुन् ।
‘मृतक र अर्का एक संक्रमित व्यक्तिले पहिले बाहिरको क्लिनिकमा देखाएको होइछ । त्यसपछि एडभान्स मेडिकल सेन्टरमा देखाउनु भयो । त्यसपछि अस्पताल ल्याइयो र त्यहाँ हाम्रा डाक्टरहरुले हेर्नुभयो । विरामीहरुमा संक्रमण देखिएपछि अस्ती केही डाक्टरहरुले नमूना दिनुभयो । सो क्रममा दुई जनामा कोरोना संक्रमण देखिएको हो,’ डा उपाध्यायले भने ।
केही दिन अघि मात्रै नारायणी अस्पतालमा कार्यरत एक जना स्वीपरलाई पनि संक्रमण देखिएको थियो ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

