विराट नर्सिङ होमका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई कोरोना

84
Shares

काठमाडौँ, ८ साउन ।  विराटनगर अस्पताल (विराट नर्सिङ होम) का सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई कोरोना संक्रमण देखिएको छ ।

गत मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका छन् ।

उनको अस्पताल भने स्थानीय निकायले सिल गरिदिएको छ ।

छ दिन अघि रुघा खोकी र ज्वरो देखिन थालेपछि आफू होम क्वारेन्टिनमा बसेको र चार दिन अघि पीसीआर जाँच गर्न दिएको रिपोर्ट पोजेटिभ आएपछि आफू होम आइसोलेसनमा बसेको डा कार्कीले बताए । उनले आफूलाई पोजेटिभ देखिएपछि परिवारका अन्य सदस्य समेत होम क्वारेन्टिनमा रहेको बताए ।

यसअघि विराट अस्पतालबाट पीसीआर गर्न एउटा नमूना पठाइएको र सो नमूना पोजेटिभ आएको थियो । तर सहि विवरण नहाली पठाएको कारणले सो पोजेटिभ रिपोर्ट कस्को हो भन्ने नै खुलेको थिएन ।

त्यसले अस्पतालमा कार्यरत, स्टाफ, बिरामी तथा अन्य सर्वसाधारणलाई आतंक मच्चाएको थियो । त्यस लगत्तै स्थानीय प्रशासनले थप जाँचबुझ गरेको थियो । अहिले बिराटनगर महानगरपालिकाले अस्पतालमा निसंक्रमण गर्नुपर्ने, संक्रमितको नजिक रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने लगायतको काम बाँकी रहेकोले अस्पताल सिल गरेको सूचना प्रकाशित गरेको छ ।

डा कार्कीले आफ्नो अस्पतालमा आफू बाहेक अरुलाई कोरोना नभएको भन्दै ६ दिन देखि आफू अस्पताल नगएकोले अरु डराउनु नपर्ने ठोकुवा गरे । उनले घरबाटै स्वाब संकलन गरेको र स्वाब लैजाने व्यक्तिले आफ्नो परिचय गोप्य राखेको कारणले समस्या सिर्जना भएको बताए ।

‘म सार्वजनिक व्यक्तित्व पनि हो । त्यसैले परिचय गोप्य राख्या होला । रिपोर्ट पोजेटिभ आइसकेपछि यसको गलत अर्थ लाग्यो,’ उनले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *