नेपाल नेत्रज्योति संघद्धारा १०० थान आइआर थर्मोमिटर सहयोग

काठमाडौँ, ६ साउन । कोभिड – १९ विरुद्धको सरकारी अभियानमा नेपाल नेत्रज्योति संघले एक सय थान आईआर थर्मोमिटर सहयोग गरेको छ ।
संघका प्रतिनिधिले मंगलबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटि सात लाख रुपैयाँ बराबरको थर्मोमिटर हस्तान्तरण गरेको अध्यक्ष प्राडा चेतराज पन्तले जानकारी दिए ।
नेपालमा अन्धोपन न्यूनीकरणका साथै आँखा स्वास्थ्य सेवालाई मुलुकको दुर्गम तथा पिछडिएको क्षेत्रसम्म सहज र सुलभ रुपमा पुर्याउने कार्यमा संघ लागेको छ ।
संघले अहिलेसम्म आम सर्वसाधारणको आँखा उपचारको लागि संघका ४२ वटा जिल्ला शाखा, २० वटा आँखा अस्पताल र १२१ वटा प्राथमिक आँखा उपचार केन्द्रहरु मार्फत सेवा प्रवाह गर्दै आएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

