नेपाल नेत्रज्योति संघद्धारा १०० थान आइआर थर्मोमिटर सहयोग

काठमाडौँ, ६ साउन । कोभिड – १९ विरुद्धको सरकारी अभियानमा नेपाल नेत्रज्योति संघले एक सय थान आईआर थर्मोमिटर सहयोग गरेको छ ।
संघका प्रतिनिधिले मंगलबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटि सात लाख रुपैयाँ बराबरको थर्मोमिटर हस्तान्तरण गरेको अध्यक्ष प्राडा चेतराज पन्तले जानकारी दिए ।
नेपालमा अन्धोपन न्यूनीकरणका साथै आँखा स्वास्थ्य सेवालाई मुलुकको दुर्गम तथा पिछडिएको क्षेत्रसम्म सहज र सुलभ रुपमा पुर्याउने कार्यमा संघ लागेको छ ।
संघले अहिलेसम्म आम सर्वसाधारणको आँखा उपचारको लागि संघका ४२ वटा जिल्ला शाखा, २० वटा आँखा अस्पताल र १२१ वटा प्राथमिक आँखा उपचार केन्द्रहरु मार्फत सेवा प्रवाह गर्दै आएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



