बिपी प्रतिष्ठान धरानको रजिष्ट्रारमा प्राडा मोहनचन्द्र रेग्मी नियुक्त

काठमाडौँ, ४ साउन । धरानस्थित बिपी कोरइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा प्राडा मोहनचन्द्र रेग्मी नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आइतवार प्राडा रेग्मीलाई रजिष्ट्रार पदमा नियुक्त गर्ने निर्णय गरेका हुन् । मन्त्रालयले उनलाई पाँच वर्षसम्मका लागि रजिष्टारमा नियुक्त गरेको हो।
प्रतिष्ठानमा एक वर्षदेखि रजिष्ट्रार पद रिक्त थियो। डा रेग्मी प्रतिष्ठानको प्रसूति तथा स्त्रीरोग विभागका प्रमुख हुन्।
उनी नेपाल चिकित्सक संघको धरानका शाखाका अध्यक्ष छन्।
डा. रेग्मी सन् २०१७ मा ‘वेस्ट प्रोफेसर इन अब्स्ट्रेटिक एण्ड गाइनेकोलोजी’ अवार्डबाट पुरस्कृत भएका थिए।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



