लमजुङमा थपिए २२ जना कोरोना स‌ंक्रमित

0
Shares


काठमाडौँ , २ साउन । गण्डकी प्रदेशको लमजुङ जिल्लामा आज थप २२ जना कोरोना (कोभिड-१९) संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार  पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा लमजुङ मर्स्याङ्दीका ६ जना पुरुष, दोर्दीका ४ जना पुरुष, राइनासका ८ जना पुरुष र २ जना महिलाहरु संक्रमित छन् ।

त्यस्तै, दूधपोखरीमा एक जना पुरुष, बेंसीशहरका २ जना पुरुष र क्वोलासोथारका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। आजै बिहान मात्रै गण्डकी प्रदेशमा २५ जना संक्रमित थपिएका थिए ।

ये संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ७८ जना पुगेको छ।  यसैगरी कोरोना संक्रमणबाट निको हुनेको संख्या ९२५ पुगेको छ ।

जसमध्ये गण्डकी प्रदेशमा ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *