स्वास्थ्य मन्त्रालयका उपसचिव पौडेलको सरुवा
काठमाडौं, १ साउन । स्वास्थ्य मन्त्रालयका उपसचिव लिलाराज पौडेलको सरुवा भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उनको जिल्ला समन्वय समिति कार्यालय रुकुमपूर्व सरुवा भएको हो ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालको निजी सचिवको समेत भूमिका निभाएका पौडेलले मन्त्रालयको नीति योजना महाशाखामा कार्यरत थिए ।
‘सरुवा भएको हो तर रमाना लिईसकेको अवस्था होइन । सम्भवत अझै केही दिन रहनुहुन्छ होला,’ स्रोतले भन्यो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



