करारका स्वास्थ्यकर्मीको म्याद नथपिएको भन्दै नेपाल मेडिकल कलेजमा तालाबन्दी

12
Shares

काठमाडौं, १ साउन । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत कर्मचारीलाई रोजगारीबाट निकालेको भन्दै स्वतन्त्र कर्मचारी युनियनले अस्पतालको प्रशासन शाखामा ताला लगाइदिएको छ ।

युनियनले आज एक वक्तव्य जारी गर्दै अस्पतालमा कार्यरत करार कर्मचारीलाई निकाल्नु खेदजनक भएको र ताला लागाउन बाध्य भएको जनाएको छ ।

युनियनका सचिव उमेश कार्कीले अस्पताल व्यवस्थापन र युनियनबीच भएको लिखित सम्झौताअनुसार कुनै पनि माग अस्पताल प्रशासनले कार्यान्वयन नगरेकाले ताला लगाइएको जानकारी दिए ।

उनले भने, “अस्पतालमा कार्यरत करार सेवाका कर्मचारीलाई गत असार ३१ गतेदेखि रोजगारीबाट निकालिएको आधिकारिक जानकारीपछि आन्दोलन गर्न बाध्य भएका हौँ । महामारीका समयमा रोजगारी खोसिनु राम्रो होइन । छिटोभन्दा छिटो उनीहरुको पुनःबहाली गर्नुपर्ने हाम्रो माग छ ।”

यस्तै कलेजमा रहेको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले कोभिड १९ विरुद्ध खटिएका स्वाथ्यकर्मीको करार रद्ध गर्ने तयारी भएको थाह पाएको भन्दै त्यसो नगर्न कलेज प्रशासनसंग आग्रह गरेको छ ।

यसलाई कार्यान्वनयमा ल्याउन खोजिए आफूहरु त्यसविरुद्ध उभिने चेतावनी दिए । कलेज प्रशासनले करार सेवामा काम गरेका स्टाफ नर्सको करार सेवा भंग गरेको बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *