गण्डकी प्रदेशमा थपिए १५ जना कोरोना संक्रमित

काठमाडौँ, २८, असार । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्रमा भएको परीक्षणबाट थप १५ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित मध्ये ७ जिल्लाका १ जना महिला र १४ जना पुरुष रहेका छन् ।
सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १९२ पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७३६ पुगेको छ ।
जसमध्ये ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



