जिल्ला अस्पतालमा जटिल बिरामीलाई शय्या अभाव

0
Shares


सिमकोट, २६ असार । पछिल्लो समय जिल्ला अस्पताल हुम्लामा बिरामी बढ्दै जान थालेपछि शय्या अभाव हुन थालेको छ । वर्षायाममा हुने मौसम परिवर्तनलगायत कारण जिल्लामा बिरामीको बढेपछि अस्पताललाई उपचारमा समेत कठिनाइ भएको छ ।

जम्मा १५ शय्या व्यवस्था भएको अस्पतालमा असार दोस्रो सातायता जटिल प्रकृतिका बिरामी दिनप्रतिदिन बढ्दै जान थालेपछि भर्ना गरेर राख्न अभाव भएको जिल्ला अस्पतालका डा टसी लामाले जानकारी दिए । सदरमुकाम र आसपासका क्षेत्रबाट दैनिक ८० देखि ९० बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा बिरामीको चाप दैनिक दिन बढेपछि जटिल रोगका बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको डा लामाले बताए ।

यतिबेला अस्पतालमा झाडापखाला, दम, मुटु रोगलगायतका बिरामी बढी आउने गरेका छन् । भर्ना भएका बिरामीमा वृद्धवृद्धा र बालबालिका बढी छन् । केही दिनअघिसम्म कोरोना सङ्क्रमणका कारण बन्दाबन्दी भएका बेला अस्पतालका शय्या खाली भए पनि पछिल्लो समय खुकुलो भएपछि बिरामी बढेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *